मुम्बई । एक अर्काका प्रतिस्पर्धी मानिन्छन् बलिउडका तिन खान । कुनै समय बोलचाल समेत बन्द गरेका तिन खान पछिल्लो केहि समय यता भने एक अर्काको प्रशंसामा रमाउन थालेका छन् ।
मुम्बईमा आयोजित एक कार्यक्रममा आमिर खानले आफू सलमान खानको प्रसंसक रहेको भन्दै बलिउडको असली बडिबिल्डर सलमान नै भएको टिप्पणी गरे ।
‘अन्दाज अपना अपनामा सलमान मेरा सहकलाकार थिए, सोही फिल्ममा काम गर्दा म उनको प्रसंसक भएको थिँए ।’ आमिरले संवाददातासंग कुरा गर्दै भने ।
पछिल्लो समय सलमान र आमिर अभिनित फिल्मको विषय एउटै रहेको चर्चा छ बलिउडमा । आमिर अभिनित दंगल र सलमान अभिनित सुल्तानको परिवेश एउटै भएको चर्चा छ । यस विषयमा आमिरले कुनै टिप्पणी गरेनन् । उनले यत्ति भने ‘म सलमानको असली प्रसंसक हुँ ।’
हिन्दी फिल्म उद्योगमा कोही पहलमान छ भने सलमान नै हो भन्दै आमिरले उनको फिटनेशको प्रसंसा गरे । साथै उनले सलमानको सुल्तान हेर्न उत्साहित रहेको पनि बताए ।
प्रतिक्रिया 4