+
+
Shares

केभिन डी ब्रुयने भर्सेज जेम्स म्याकर्थी

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते १३:१४

James-Makarthy-vs-Kevin-De-Bruyne

केभिन डी ब्रुयने

बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयने निक्कै दुःखी छन्, किनकी इटालीबिरुद्धको खेलमा उनको प्रदर्शन निक्कैनै कमजोर थियो । तर, प्रशिक्षक मार्क विल्मटले भनेका छन्।, ‘उनको लय गुमेको छ किनकी उनले गत सिजन म्यान्चेस्टर सिटीबाट कठीन सिजन गुजारेका थिए । तर, केहि राम्रो हुनेमा म विश्वस्त छु ।’

ब्रसेल्सको क्लब जेन्टका प्रशिक्षक हेइन भानहायेजब्रोकले उनको खेल कला, भिजन र गोल गर्ने तरिकाले युरोपका महान फुटबलर योहान क्रुफको याद दिलाउने टिप्पणी गरेका छन् । तर, अघिल्लो खेलमा भने उनको प्रभाव मैदानको कुनै क्षेत्रमा पनि देखिएन ।

अन्तर्राष्ट्रिय फुटबलमा उनले आफ्नो क्षमताको भरपुर उपयोग गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ । २४ बर्षीय एट्याकिङ मिडफिल्डर ब्रुयेनले बेल्जियमको राष्ट्रिय टोलीबाट अहिलेसम्म खेलेको ४० खेलमा १३ गोल गरेका छन् । त्यस्तै गत म्यान्चेस्टर सिटीबाट खेलेका उनले २५ खेलमा ७ गोल गरेका छन् ।

जेम्स म्याकर्थी

आइरिस टोलीमा उनको जरुरी निक्कै थियो । तर, हल्ला चलेको थियो कि उनी टोलीमा नपर्न सक्छन् । यसैबीच युरोकपको ड्र सार्वजनिक भएको भोलिपल्ट आयरल्याण्डका अग्रणी टेलिभिजन बिश्लेषक इमोन डन्फीले भनेका थिए, ‘हामी म्याकर्थी विना फ्रान्स जानै सक्दैनौं, उनीबिनाको आइरिस मिडफिल्डले केहि गर्न सक्दैन ।’

उनले थपे ‘उनी एक ट्राफिक पुलिसजस्तै मैदानमा सबै क्षेत्रमा पकड जमाउन माहिर छन् । तर, अहिले उनले केहि गर्न सकेका छैनन् । उनले यसै सिजन आफ्ना म्यानेजरलाई बर्खास्त गरेका थिए । उनले म्यानेजरलाई बर्बादीको कारक मानेका थिए ।

उनको मिडफिल्डमा अर्का मिडफिल्डर ग्लेन हृवेलनसँगको तालमेल आइरिस टोलीका लागि निक्कै लाभदायक हुनेछ । २५ बर्षीया यी स्टारले आइरिस टोलीबाट उनले ३६ खेल खेलेका छन् भने २०१३ यता एभर्टनबाट खेलेका ९१ खेलमा ५ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?