Comments Add Comment

स्पेनका समर्थक प्रकाशको मनपर्ने खेलाडी रोनाल्डो !

Prakash-Budhathoki

नेपाली फुटबल टोलीका स्ट्राइकर प्रकाश बुढाथोकीले यसपटकको युरोकपका सबै खेलहरु प्रत्यक्ष हेर्न पाएका छैनन् । राष्ट्रिय टोलीको प्रशिक्षण रहेकाले राति अबेरसम्म बसेर खेल हेर्न सम्भव भएको छैन । तर, साँझ भएका केहि खेलहरु हेरेपनि बाँकीखेलहरु हाइलाइट्स हेरेर चित्त बुझाएका छन् उनले ।

यस युरोमा उनले स्पेनको समर्थन गरेका छन् । त्यसो त सन् २००८ भन्दा अघिदेखि नै उनलाई स्पेनको खेल निक्कै मन पर्थ्यो । स्पेनको मौलिक खेलशैली टिकीटाकाले लोभिएका प्रकाशले यसअघिका दुई संसकरणमा उपाधि जितेको स्पेनले हृयाटि्रक गरेको हेर्न चाहन्छन् ।

स्पेनीस टोली उनको ‘फेवरेट’ रहेपनि उनको मनपर्ने खेलाडी भने पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो हुन् । स्पेनिस क्लव रियल म्याडि्रडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डो आफ्नो प्रेरणा रहेपनि स्पेनिस टोलीको संगठनात्मक खेलका कारण उनी स्पेनीस फुटबलको फ्यान भएका हुन् ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका प्रकाशले हेर्न भ्याएका खेलहरु एन्फाकै होस्टलमा बसेर हेरिरहेका छन् । अघिल्ला संकरणहरुमा साथीभाइसँग बसेर हेरेपनि अहिले राष्ट्रिय टोलीका टिममेटसँग बसेर हेरेका छन् ।

खेलाडी हुनुका नाताले उनले यस्ता ठूला प्रतियोगिताबाट धेरै सिक्न सकिने बताउँछन् । भन्छन्, ‘हामीले सिक्ने भनेके यस्तै प्रतियोगिताहरुबाट हो । विश्वस्तरीय खेलाडीहरु एके प्रतियोगितामा भेला भएका हुन्छन । एक अर्काको खेल्ने शैली भिन्न भिन्न छ । भिन्न भिन्न शैलीलाई फ्युजन गरी आफुले प्रयोग गर्दा सफल हुन सकिन्छ ।’

तस्वीरः प्रकाशको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment