४ असार, काठमाडौं । प्रहरीले दबंग शैलीमा डाक्टरहरुलाई पक्राउ गरेको भन्दै नेपाल चिकित्सक संघले विरोध गरेको छ । उसले भोलि गृहमन्त्री, गृहसचिवदेखि प्रहरी प्रमुखलाई विरोध पत्र बुझाउने तयारी गरेको छ ।
नक्कली डाक्टर भएको अभियोगमा प्रहरीले विभिन्न जिल्लाबाट चिकित्सकहरुलाई पक्राउ गरेपछि चिकित्सक संघले विरोध गरेको छ ।
यद्यपि उसले छानविनको नभई पक्राउ शैलीको विरोध गरेको बताएको छ । ‘विरामी बनेर टिकट काट्छ र डाक्टरलाई हतकडी लगाएर बाहिर ल्याउँछ’ महासचिव मुक्तिराम श्रेष्ठले अनलाइनखबरसँग भने, ‘दबंग शैली अपनाइएको छ । यो प्रक्रियाको हामीले विरोध गरेका हौं।’
चिकित्सक संघले यसबारे धारणा तय गर्न दिउँसो बैठक समेत बोलाएको थियो । बैठकले प्रहरीको कारबाहीबारे नेपाल मेडिकल काउन्सिलको धारणा मागेको छ र भोलि सम्वद्ध निकायलाई विरोध पत्र दिने निर्णय गरेको छ ।
संघका सदस्य प्रकाश बुढाथोकीले भने, ‘छानविन गर्नु पर्ने निकाय मेडिकल काउन्सिल हो । उ चुप बसेको छ । र, प्रहरी नियमक र कार्यकान्वयन गर्ने जस्तो भएर दबंग शैलीमा पक्राउ गरेको छ । यसको हामीले विरोध गरेका छौं ।’
प्रतिक्रिया 4