Comments Add Comment

रोबटले लैजानेछ तराईबाट मुस्ताङसम्म नुन !

robot-mechine
४ असार, काठमाडौं। नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ?

सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि तयार गरेका रोबोट लिएर यही असार ११ गते सैनिक प्रशिक्षण तथा तालिम केन्द्र राजदलगण लगनखेल, ललितपुरमा उत्रने भएका छन् ।

सो प्रतियोगितामा त्रिवि, पूर्वाञ्चल विवि र काठमाडौँ विवि अन्तर्गतका विभिन्न इन्जिनियरिङ अध्यययन संस्थानका नौ समूह प्रतिस्पर्धामा उत्रने आयोजक संस्था इन्जिनियरिङ अध्ययन संस्थान, प्राविधिक अनुसन्धान तथा विकास केन्द्रका छात्र निशवन ढकालले जानकारी दिए ।

नकआवट प्रक्रियामा खेलाइने सो खेलमा तीन मिनेटभित्र हरेक खेलमा हरेक रोबोटले प्रतीकात्मक रुपमा तराईबाट पोखरासम्म सञ्चारका उपकरण तथा मुस्ताङसम्म नुन बोकेर लान प्रतिस्पर्धा गर्नेछन् । उनले हरेक खेलमा सबैभन्दा छिटो नुनको भारी बिसाउने रोबोटले ‘सही हो’ उपाधि प्राप्त गर्ने जानकारी दिए ।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका प्रतिनिधिलाई थाइल्यान्डको बैंककमा आगामी भदौमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा अवलोकनकर्ताका रुपमा संलग्न गराइने छ ।

‘मुस्ताङ यात्रा’ नाम दिइएको सो प्रतियोगिताले प्रविधिको विकासमा फड्को मार्ने आयोजकले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment