५ असार, काठमाडौं । निजामति सेवामा आइतबारदेखि थप १७२ जना शाखा अधिकृतहरु प्रवेश गरेका छन् ।
लोकसेवा आयोगबाट लिइने परीक्षा उत्तीर्ण गरेपछि उनीहरुलाई जावलाखेलस्थित स्टाफ कलेजमा ६ महिने आवासीय आधारभूत प्रशासनिक प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा प्रशासन सञ्चालनका मूल्य, मान्यता र अभ्यासबारे सिकाइन्छ ।
प्रशिक्षणपछि नेपाल प्रशासन सेवा सामान्य प्रशासन समुह राजपत्रांकित तृतीय श्रेणीका उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय अन्र्तगत पदस्थापन गर्न लागेको हो ।
उनीहरुलाई लोकसेवा आयोगले सिफारिस गर्दा तोकेको मेरिट र तालिमका क्रममा उनीहरुले पाएको औषत नंम्बरका आधारमा पदस्थापन गरिने सामान्य प्रशासन मन्त्रालयका सह-प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4