Comments Add Comment

कलाकार संघको अवार्डमा दीपक–दीपाले कुनै प्रस्तुती नदिने

dipak and dipa in candada
क्यानडामा १५ दिनको कार्यक्रम सकेर हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला नेपाल आइसकेका छन् । उनीहरु क्यानडामा रहँदा ‘चलचित्र कलाकार संघ’ले गर्न लागेको पहिलो अवार्डको मनोनयन सार्वजनिक भयो । मनोनयन सार्वजनिक भएसँगै यस बिषयमा विवाद सुरु भयो । मुख्यतया दीपक र दीपाले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६’ उत्कृष्ट चलचित्रको सूचीमा नपरेपछि विवाद सुरु भएको थियो । यो विवाद फेसबुकका भित्ताहरुमा आरोप–प्रत्यारोपको रुपमा चर्कियो ।

तर, दीपकराज गिरी नेपाल आएपछि घटनाक्रमले अर्कै मोड लिएको छ । कलाकार संघले यो अवार्ड पहिलो पटक गर्न लागेको हो । यसैले पनि अवार्ड आयोजक विवादरहित बनाउन चाहन्छन् । नेपाल आएसँगै दीपकले चलचित्र अवार्डमा समावेश नगर्ने चर्चा पनि चलेको थियो । यस बिषयमा गिरी भन्छन्–‘हामीले अन्य विधाका चलचित्रकर्मीको अधिकार खोस्न मिल्दैन । तर, अवार्डको कार्यक्रममा पुगेर स्टेजमा आफ्नो प्रस्तुती दिने भन्ने कुरा आउँदैन । अब अवार्डमा सहभागी हुने या नहुने बिषयमा हामीले निर्णय गरेका छैनौ ।’

उनले कलाकार संघबाट आफूहरुले यो विवादलाई अगाडि नचर्काइदिन आग्रह गरिएको पनि बताए । दीपकले भने–‘मैले अवार्ड आयोजकलाई अब जुरीले चलचित्र हेर्दा नयाँ शैलीका चलचित्रलाई पनि ध्यान दिन जरुरी रहेको भन्दै सुझाव दिएँ । अब, हामी यस बिषयमा लामो विवाद गर्ने पक्षमा छैनौ ।’ कलाकार संघले असार १८ गते अवार्डको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment