Comments Add Comment

नेपालसँगको अविश्वास हट्योः भारतीय विदेशमन्त्री

susma swaraj६ असार, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग रहेका ‘केही असमझदारी’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणसँगै अन्त्य भएको बताएकी छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका  उपलव्धिबारे आइतबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाललगायत सार्कमा आवद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन् । अाजको अन्नपूर्णमा समाचार छ ।

पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् । नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशवीच सम्बन्ध चिसिएको थियो ।

ओलीले फागुनमा गरेको भारत भ्रमणपछि पनि नेपाल भारत सम्बन्धमा कुनै सुधार आउन नसकेको टिप्पणीका बीच भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो ।

नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्दै भारतस्थित राजदूत फिर्ता बोलाएपति दुई देशबीचको सम्बन्ध थप चिसिएको चर्चा भइरहको थियो । स्वराजले भारतले सार्क मुलुकसँगको सम्बन्धलाई भारतले भिन्न रुपमा महत्व दिइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment