Comments Add Comment

अध्ययन नै नगरी उद्योग उपत्यकाबाहिर सार्ने निर्णय

udhyog६ असार, काठमाडौं । सरकाले उध्ययन नै नगरी राजधानीका औद्योगिक क्षेत्रमा रहेका उद्योगीलाई उपत्यकाबाहिर सर्ने तयारी गरेको छ ।

उद्योग मन्त्रालयले बजेटमा उल्लेख भए पनि उद्योगहरुलाई कहाँ सार्ने भन्नेमा कुनै अध्ययन अनुसन्धान नभएको जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

२ वर्षभित्र औद्योगिक क्षेत्रका उद्योगहरु राजधानीबाहिर सार्ने घोषणा भए पनि कार्यान्वयन असम्भव रहेको सरोकारवालाहरु बताउँछन् ।

सरकारले आर्थिक वर्ष २०७२/७४को बजेटमार्फत उपत्यढका बाहिर सार्ने घोषणा गरेको हो ।

औद्योगिक क्षेत्र सार्ने सम्बन्धमा कहाँ, कति चरणमा कुन मापदण्ड र सञ्चालित उद्योगलाई के सुविधा तथा क्षतिपूर्ति दिने भन्ने सम्बन्धमा हालसम्म प्रारम्भिक अध्ययनसमेत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment