+
+
Shares

मूल्यसूची र दर्ता प्रमाणपत्र नराख्ने जापानिज अटो पार्ट्सलाई ५० हजार जरिबाना

विभागले काठमाडौं महानगरपालिका–१४ को जापानिज अटो पार्ट्सलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १५:५२
प्रतीकात्मक तस्वीर

१९ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार एक अटो कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले शुक्रबार नियमित अनुगमन अन्तर्गत ११ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

सोही अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–१४ को जापानिज अटो पार्ट्सलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । उक्त अटो पार्ट्सले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) को कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम कारबाही गरिएको जनाएको छ ।

यस्तै आज शुक्रबार अनुगमन गरिएकामध्ये १० उद्योग तथा फर्मलाई विभागले कारोबार रोक्का, सामान्य निर्देशनदेखि व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?