+
+
Shares

तनहुँमा ३३५ नयाँ उद्योग थपिए

एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १२:३८

२० माघ, तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् ।

उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘उद्योगतर्फ एक हजार २३ नवीकरण र वाणिज्यतर्फ ९८८ नवीकरण भएका छन् ।’

त्यसैगरी, उद्योगतर्फ एक १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छभने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?