Comments Add Comment

अपडेटः काबुलमा अात्मघाती आक्रमणमा १३ को मृत्यु, नेपालीहरु परेको आशंका

bus_afganistan६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान एउटा मिनीबसमाथि भएको बम आक्रमणमा नेपाली सुरक्षा गार्डहरु परेको आशंका गरिएको छ । अात्मघाती अाक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे भएको जनाइएको छ ।

रोयटर्स समाचार संस्थाका अनुसार पुल ए चर्खी भन्ने स्थानमा  बसबाट शवहरु निकालिदै गरेको स्थानियले देखेका छन् ।

रोयटर्सलाई एक सरकारी सूत्रले जनाएअनुसार बसमा नेपाली सुरक्षा गार्डहरु रहेका थिए । तर, अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारीहरु सवार भएको बताएको रायटर्सले जनाएको छ ।

उता अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले सरकारी अधिकारीलार्इ उद्धृत गर्दै  १२ जना सम्म नेपाली बसमा रहेको हुनसक्ने जनाएको छ ।

अपडेटः अफगानिस्तानबाट प्रसारण हुने टोलो न्यूज टिभीले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार मृत्यु हुनेको संख्या १३ रहेको छ भने घाइतेको संख्या २६ रहेको छ । मृत्यु हुनेमा अधिकांश नेपाली र फिलिपिनो सुरक्षा ठेकेदार रहेको  टोलो न्यूजले दाबी गरेको छ ।

अपडेटः विस्फोटको जिम्मेवारी तालिवानले लिएको अफगानिस्तानका सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment