Comments Add Comment

बाग्मतीको किनारमा यसरी बन्दैछ सम्पदा मार्ग (फोटो र भिडियोसहित)

सम्पदा मार्गको डिजाइन

६ असार, काठमाडौं । तपाईंले कहिल्यै टेकुबाट ५ सय मिटरभित्र छिरेर बाग्मती नदि किनार आसपासका ऐतिहासिक र पुरतात्विक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ? छैन भने अब त्यसका लागि तयार हुनुस् । अबको एकवर्षभित्रै त्यस क्षेत्रमा ‘बाग्मती सम्पदा मार्ग’ बनिसक्नेछ ।

काठमाडौं महानगरपालिकाले टेकुको बाग्मती र विष्णुमतीको दोभानदेखि थापाथलीको कालमोचन घाटसम्म करिब साढे २ किलोमिटर क्षेत्रमा हेरिटेज वाकवे अर्थात ‘सम्पदा पदमार्ग’ को निर्माण थालेको हो ।

heritage_walk_way (8)
चलिरहेको निर्माण कार्य

अहिले बाटोमा ढुंगा बिछ्याउने काम सुरु भएको छ । यो काम २०१६ को अन्तिमसम्म पुरा गरिसक्ने लक्ष्य राखिएको छ । बाग्मती किनारमा हुर्किएको काठमाडौंको सभ्यता र ऐतिहासिकताको संरक्षण र प्रवर्द्धनका लागि सम्पदा मार्गको निर्माण थालेको महामनगरपलिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए ।

बाग्मतीको किनारमा बन्ने यो मार्ग धार्मिक पर्यटक, पुराना सम्पदाका पारखी, विदेशी पर्यटक र अध्ययनमा चासो राख्ने र स्वच्छ वातावरणमा हिँडडुल गर्न तथा शान्त ठाउँमा बस्न रुचाउनेहरुका लागि उत्तम विकल्पका रुपमा विकास हुनेछ ।

heritage_walk_way (12)
चलिरहेको निर्माण कार्य

टेकुदेखि थापाथलीसम्मको बाग्मती नदि किनारमा पुराना सम्पदाहरुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका लागि सम्पदा मार्गको निर्माण थालिएको हो ।

नयाँ अवधारणाको सम्पदा मार्गका बनाउन, पुराना कलाकृतिको संरक्षण गर्न र बाग्मती  आसपास पैदल यात्रा गर्न योग्य बनाउनका लागि यस्तो योजना अघि सारिएको तमाङले बताए ।

‘काठमाडौंको धेरै भीडभाड हुने टेकुको ५ सय मिटर भित्र छिर्दा बाग्मती किनारमै यति धेरै पुरातात्विक महत्वका सम्पदाहरु छन्, जो हाम्रो धर्म, कला  र संस्कृतिको धरोहर बनेर बसेका छन्’ तमाङले भने-‘शहरको कोलाहलबाट मुक्ति चाहानेका लागि शान्त वातावरणमा कलात्मक सम्पदाको अवलोकन गर्दै पैदल यात्रा गर्न काठमाडौंमा उत्कृष्ट विकल्प हुनेछ ।’

heritage_walk_way (11)
निर्माणाधिन पदमार्ग

यो क्षेत्रमा सताब्दीऔंदेखि प्रयोग भएका पुराना घाट, मन्दिर, पार्टी, देवल, सत्तल छन् । यीनै सम्पदालाई यथावत राखेर पैदलमार्गका रुपमा विकास गर्न लागिएको हो । त्यहाँ सातौं शताब्दीदेखिका हिन्दु र बौद्धसम्बद्ध मठमन्दिर र घाट रहेको स्थानीयहरु बताउँछन् ।

यहाँ दर्जनौं पुरातात्विक महत्वका कलात्मक सम्पदाहरु संरक्षणका अभावमा जीर्ण बनेर बसेका छन् । महानगरले यसलाई संरक्षण गर्दै सम्पदा मार्गसहित नयाँ स्वरुप दिन डिजाइन पनि तयार गरे काम अघि बढाएको हो । त्यहाँ रहेका धेरै धार्मिक स्मारक र सम्पदा भूकम्पपछि निकै नाजुक अवस्थामा पुगेका छन् ।

यसलाई संरक्षण गरेर सर्वसाधारणलाई हिँडडुल र आराम गर्न तथा सम्पदाबारे अध्ययन गर्नका लागि यो सम्पदा मार्ग महत्वपूर्ण हुने कार्यकारी तामाङले बताए ।

heritage_walk_way (4)
सम्पदा मार्गको डिजाइन

स्थानीय समुदायले यो सम्पदामार्गलाई पदमार्गका रुपमा विकास गर्न ठूला सवारी निशेध गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
यसलाई नमुना सम्पदा मार्गका रुपमा विकास गर्ने लक्ष्य महानगरपालिकाको छ । काठमाडौं महानगरपालिकाले एडिबीको काठमाडौंमा दिगो शहरी यातायात परियोजनामार्फत यसको निर्माण अघि बढाइएको हो ।

यो मार्गलाई पचली मुचली, लगन, ओमबाहल हुँदै बसन्तपुर दरबारक्षेत्रसम्म जोड्ने लक्ष्य राखिएको छ । अहिले टेकुको पचली भैरवको मन्दिरसम्म यो मार्गलाई जोडिएको छ । बाग्मती  नदि किनारबाट केही भित्र रहेका पुरना सम्पदाहरुलाई पनि यसै पदमार्गसँग जोड्न थालिएको छ ।

heritage_walk_way (5)
सम्पदा मार्गको डिजाइन

‘हाम्रा धेरै महत्वपूर्ण सम्पदाहरुलाई यही मार्गमा जोड्न सकिन्छ, त्यसैअनुसार हामीले काम पनि थालेका छौं ‘ महानगर प्रमुख तामाङले भने-‘पहिलो चरणमा मार्ग बनिससकेपछि हामी किनार आसपास हरियाली प्रवर्द्धनका लागि काम गर्नेछौं । एकीकृत बाग्मती सभ्याता विकास परियोजनाले पनि यसक्षेत्रमा काम गरिरहेकाले हामीले गरेको काम प्रभावकारी हुनेछ ।’

heritage_walk_way (7)
सम्पदा मार्गको डिजाइन
heritage_walk_way (6)
सम्पदा मार्गको डिजाइन
heritage_walk_way (10)
निर्माणाधिन पदमार्ग
heritage_walk_way (9)
निर्माणाधिन पदमार्गमा विदेशी पर्यटक

बाग्मती सम्पदामार्ग निर्माणका लागि पहिलो चरणमा झण्डै ८ करोड रुपैयाँ खर्च हुँदैछ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा नयाँ परियोजना तयार गरेर यो क्षेत्रलाई थप विकास र प्रवर्द्धन गर्ने तामाङले बताए ।


heritage_walk_way (3)
भिडियो हेर्नुस् (थ्रीडी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment