Comments Add Comment

ग्यास सिलिण्डरको गुणस्तर र मापदण्ड जाँच्न छानबिन समिति गठन

Aapurti-Mantralaya

६ असार, काठमाडौं । सरकारले खाना पकाउने ग्यास सिलिण्डरको मापदण्ड र गुणस्तरबारे अध्ययन गर्न समिति गठन गरेको छ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर मान्छे मर्न थालेपछि आपूर्ति मन्त्रालयले मन्त्रालय, विज्ञ र आपूर्ति विभागका एक-एक जना सदस्य रहने समिति गठन गरेको हो ।

मन्त्रालयले आपुर्ति बिभागका निर्देशक निरज पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिइएको छ । समितिले अनुसन्धानका लागि अावश्यक परेमा विज्ञहरुको सहयोग लिन सक्नेछ ।

‘खाना पकाउने ग्यास बमभन्दा पनि खतरानाक बन्न थाल्यो, अब छानबिन नगरी भएन,’ अनलाइनखबरसँग कुरा गर्दै आपूर्ति मन्त्री गणेशमान पुनले भने, ‘सिलिण्डरको गुणस्तर र मापदण्ड सम्वन्धी बृहत अध्ययन गरेर सबै ग्यास कम्पनीलाई दायराभित्र ल्याउन निर्देशन दिएको छु ।’

हाइड्रोलिक टेष्ट नगरी बजारमा सिलिण्डर पठाउने कम्पनीविरुद्ध कडारुपमा प्रस्तुत हुने तयारी गरेको मन्त्रालय स्रोतको दावी छ ।

छानबिन तथा अध्ययन समितिले सबै ग्यास कम्पनीको अनुगमन गर्ने, हाइड्रोलिक टेष्ट भए नभएको हेर्ने र मापदण्ड अनुसार नचलेका कम्पनीलाई कानुनको दायरामा ल्याउनेछ ।

विभिन्न कम्पनीका गरी अहिले बजारमा करिब ६७ लाख खाना पकाउने ग्यास सिलिण्डर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment