+
+
Shares

सभापति चयन लगतै प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते १०:५४

BICC-Nepal६ असार, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले सभापति चयन लगतै प्रस्तावित न्यायाधीश र राजदूतहरुको सुनुवाइ सुरु गर्ने भएको छ ।

व्यवस्थापिका संसदले आइतबार संसद नियमावली पास गर्दै १५ सदस्यीय समिति बनाएको थियो । गठन भएको भोलिपल्टै सोमाबार समितिको पहिलो बैठक बसेको छ ।

जेष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षमा बसेको बैठकले कार्यविधिबारे प्रस्ताव बनाउन तीन सदस्यीय कार्यदल बनाएको छ । सम्भवत पर्सी बुधबार समितिको बैठक बोलाउन सक्नेछ र त्यही दिन सभापति चयन गर्ने तयारी छ ।

प्रमूख दलहरुबीच कांग्रेस सांसद गुरुङलाई नै सभापति बनाउने समझदारी भइसकेको स्रोतको दाबी छ ।

सभापति चयन लगतै प्रस्तावित व्यक्तिहरुको सुनुवाइ सुरु गर्ने समिति सदस्य एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनखबरलाई जानकारी दिए । सिफारिस भएका धेरै भइसक्यो । छिट्टै सुनुवाइ सुरु गर्नुपर्छ भन्नेमा एकमत छौं’ ढकालले भने ।

जेष्ठ सदस्यको हैसियतमा समितिको अध्यक्षता गरेका गुरुङले भने कसकसको सिफारिस आएको सचिवालयले औपचारिक जानकारी गराउन बाँकी रहेको भन्दै समितिमा छलफल गरेर प्रक्रिया अघि बढाउने जानकारी दिए ।

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाइ हुन बाँकी छ । यस्तै सर्वोच्चका ११ न्यायाधीश र २१ देशका राजदूतको पनि सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?