Comments Add Comment

पेनाल्टीमा चुकेपछि रोनाल्डो सुत्न सकेनन्

Portugal v Austria - EURO 2016 - Group Fकाठमाडौं । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भनेका छन् कि पेनाल्टी मिस गरेपछि उनका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सुत्न सकेका छैनन् ।

रियल मड्रिडका ३१ वर्षे स्टार रोनाल्डोले अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेका थिए, जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । अब युरो कपको नकआउट चरणमा पुग्न पोर्चुगललाई हंगेरीविरुद्ध जित हात पार्नै पर्ने दबाव छ ।

बुधबारको खेल अघि पोर्चुगिज प्रशिक्षक सान्तोषले भनेका छन्, रोनाल्डो सुत्न सकेको छैनन् ।

साथै उनले पोर्चुगलले पेनाल्टी पाएको अवस्थामा रोनाल्डोले नै हान्ने बताए । यदि अर्को खेलमा कुनै पेनाल्टीभए, रोनाल्डोले नै हान्ने छन् र गोल गर्ने छन्, प्रशिक्षक सान्तोषले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment