Comments Add Comment

अपाङ्ग भएकै कारण मन्दुबासी नागरिकताबाट बञ्चित

mugu_apanga७ असार, मुगु । मुगु जिल्लाको पिना ८ मन्दुगाँउका करिव २ दर्जन सुस्तश्रवण र बौद्धिक अपाङ्गता भएकाहरू नागरिकताको प्रमाण पत्र लगाएत विभिन्न सुविधाहरुबाट बञ्चित रहेका छन् ।

सदरमुकाम गमगढी देखि करिव ५ कोष दक्षिणमा पर्ने ५३ घर धुरी रहेको मन्दु गाउँका अपाङ्गहरु माथि न त राज्यको ध्यान पुगेको छ न त समाज रुपान्तरणमा लागि परेका सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको ।

अपाङ्ग सम्बन्धि मुगु जिल्लामा काम गर्ने संस्थाले जति ठूला काम गरेको दावी गरे पनि मन्दु गाउँमा रहेका अपाङ्गहरुको समस्या समाधान गर्न चासो दिएका छैनन् । पना गाउँमा अपाङ्गको संख्या बढी रहेको छ ।

रामभक्त बोहोराका तीनै भाइ अपाङ्ग छन् । जसका कारण उनीहरूलको बिवाह भएको छैन भने उनीहरूले नागरिकता समेत लिन सकेका छैनन् । अपाङ्ग भएका कारण ३ घण्टाको बाटो हिँडेर सदरमुकाम गमगढी पुगेर नागरिकता समेत बनाउन नसक्दा राज्यले दिएको अपाङ्ग  र बृद्ध जस्ता सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित भएको अवस्था छ ।

होचो शरीर भएकै कारण ५८ बर्ष पुग्दासम्म पनि ठेक्या बोहोरा समाजमा देखिन लाज मानेर जंगलमा भेडि गोठालो लागेरै जीबन गुजारेका छन् । अहिले उनी सङ्ग न त जीवन साथी छन् न त नागरिकता नै छ ।

सदरमुकामदेखि खासै टाढा नभएको मन्दु गाउँको यो अवस्थाले राज्यको जनता प्रतिको दायित्व पूरा नभएको कुरा स्थानीय समाजसेवी हरिचन्द्र शाही बताउँछन् ।

बाहिरी पहुँच नभएका यहाँका बासिन्दाहरु प्रायजसो परम्परागत कृषिकार्य र भेडा पालनमा नै जीबन निर्बाह गर्दै आएका छन् ।

नागरिकता लगाएत विभिन्न सरकारी सुविधामा पहुँच पुग्ने कामको पहल गरिदिनका लागि सम्बन्धित निकायहरुसँग मन्दुवासीको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment