+
+
Shares

सीमांकन गर्दा वडा नटुक्राउन निर्वाचन आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते १८:१८

७ असार, काठमाडौं । निर्वाचन आयोगले गाउँपालिका र नगरपालिकाको सीमांकन गर्दा वडाहरुलाई नटुक्राउन स्थानीय निकाय पुनःसंरचना आयोगलाई आग्रह गरेको छ ।

Election-Commision-of-Nepalनिर्वाचन आयोग र पुनःसंरचना आयोगका पदाधिकारीहरुबीच मंगलबार छलफल भएको छ । त्यस क्रममा मतदाता नामावली व्यवस्थापनमा गम्भीर असर पर्ने भन्दै गाउँपालिका र नगरपालिकाको सीमांकन गर्दा वडाको भूगोललाई नटुक्राउन निर्वाचन आयोगले आग्रह गरेको हो ।

यसबारे पुनःसंरचना आयोग सकारात्मक देखिएको छ । छलफलका क्रममा गाउँपालिका, नगरपालिकाको संख्या तथा सीमाना निर्धारणले निर्वाचनका तयारीका क्रममा पार्ने विभिन्न प्रभावका विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्माले आयोगका पदाधिकारीहरूलाई जानकारी गराएका थिए ।

छलफलको अन्त्यमा निर्वाचन आयोगका तर्फबाट राखिएका सुझावका सम्बन्धमा सीमा निर्धारण आयोगका पदाधिकारीहरू सकारात्मक रहेको जानकारी बैठकलाई दिइएको निर्वाचन आयोगका सहप्रवक्ता बासुदेव गुरागाईंले जानकारी दिए ।

छलफलमा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका तर्फबाट आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्यहरू निरज शाह, श्यामकृष्ण भुर्तेल, पवित्रा सुब्बा श्रेष्ठ, सुनिलरञ्जन सिंह, माधव अधिकारी थिए ।

यसैगरी निर्वाचन आयोगका तर्फबाट सचिव शारदाप्रसाद त्रिताल, निर्वाचन आयोगका सबै महाशाखा प्रमुख र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव एवम् सीमा निर्धारण आयोगका सदस्यसचिव डा. हरिप्रसाद पौडेलको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?