+
+
Shares

काबुल आक्रमणमा मारिएका नेपालीको शव ल्याइँदै

साढे ११ बजे काठमाडौं ल्याइने तालिका

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते ८:५०

Nepal-Airlines८ असार, काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज अाज बिहान साँढे तीन बजे अफगानिस्तानको काबुल प्रस्थान गरेको छ । विमान साढे ६ बजे काबुल पुगेको छ ।  शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा मंगलबार बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको थियो । बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागी थिए ।

सामान्यतः नेपालको एयरपोर्ट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएपनि बिशेष परिस्थितिका कारण बिहान साँढे तीन बजे जहाज उडाइएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

घर फर्कन चाहने अरुलाईपनि ल्याइने

मृतक र घाइतेलाई लिन बुधबार सबेरै काबुल प्रस्थान गरेको जहाजमा नेपाल फर्कन चाहने नेपालीहरुलाई पनि ल्याइनेछ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार नेपाल एयरलाइन्सको बोइङ जहाजले घर फर्कन चाहनेलाई ल्याउने व्यवस्था मिलाइएको छ ।

 घर फर्कन चाहने नेपालीले पाकिस्तानस्थित नेपाली दूतावास अथवा पाकिस्तानबाट काबुल पुगेका कार्यबाहक राजदूतसँग सम्पर्क गर्न सक्नेछन् ।  पहिलो प्राथमिकता मृतकको शव र घाइते हुन्, त्यसपछि घर फर्कन चाहने नेपालीलाई पनि त्यही जहाजमा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?