Comments Add Comment

संसदीय सुनुवाई समितिको सभापतिमा गुरुङ निर्विरोध निर्वाचित

Kul-Bahadur-Gurung

८ असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ बुधबार निर्विरोध निर्वाचित भएका छन् । समितिको सभापति पदमा गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

दलहरुबीच यसअघि नै समितिको सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।

गुरुङलाई बुधबार नै सभामुख ओनसरी घर्तीले सपथ ग्रहण गराएकी छन् ।

गुरुङलाई सभापतिमा निर्वाचित गरियोस् भनेर सत्तारुढ एमाले सांसद गणेशमान गुरुङकले प्रस्ताव गरेका थिए भने कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

सुनुवाई समिति नहुँदा न्याय परिषदले नियुक्तिका लागि सिफारिस गरेको प्रधानन्यायाधीश, न्यायाधीश तथा सरकारले नियुक्त गरेका राजदूतहरुको सुनुवाई हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment