९ असार, काठमाडौं । अफगानिस्तानमा घटना भएसँगै सरकारले अफगानिस्तान र पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थराज अर्याललाई काबुल जान निर्देशन दियो ।
मृतकलाई स्वदेश फर्काएर घाइतेको उपचारको प्रवन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी उनलार्इ दिएको थियो । उनी मंगलबार पुगे । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सरकारी निर्देशन अनुसार १२ मृतकको शव बुधबार नेपाल ल्याइएको छ । घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ । उनले थप घाइतेलाई पनि पठाउने तायारी गरिएको बताए । यो काम सकिएपछि आफूले जतिसक्यो नेपालीलाई भेट्ने उनले बताए । नेपालीको अवस्थाबारे अफगान सरकारसँग पनि आफूले कुरा गर्ने उनकले जानकारी दिए ।
अर्यालका अनुसार घटनामा आक्रमणकारीले लामो योजना र पूर्वतयारी गरेका देखिएको छ । उनी भन्छन्,’घटना हेर्दा आक्रमणकारी लामो पूर्वतयारीका साथ आएका थिए । उनीहरु क्याल्कुलेटिभ थिए । आक्रमण भएको बसको माथिल्लो भाग र तल्लो भागमा खास केही भएको थिएन । बीचको सिसामा मात्रै हमला भएको थियो । त्यहाँको अवस्था हेर्दा हमलाकारीले नेपाली सुरक्षा गार्डको टाउँको ताकेर हानेका थिए ।’
प्रतिक्रिया 4