Comments Add Comment

नेता र सांसदको गाउँ अझै फोहोरी सूचीमा

Krishnanagar-Badhani-fohor
फाइल फोटो

९ असार, काठमाडौं । प्रमुख पार्टीका प्रभावशाली नेताको स्थान बनाएका रुपन्देहीबाट निर्वाचित सातजना सांसदको कर्मथलो अझै फोहोरीको सूचीमा छ ।

अर्थमन्त्री एवं नेकपा एमाले उपमहासचिव विष्णु पौडेल, कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँण, राप्रपा महामन्त्रीसमेत रहेका श्रममन्त्री दीपक बोहोरा, तराई मधेस सद्भावना पार्टीका महामन्त्री सर्वेन्द्रनाथ  शुक्ल लगायत अन्य धेरै नेता तथा सांसदको गाउँ अझै खुला दिसामुक्त नहुँदा जिल्लालाई पूर्ण सरसफाइ घोषणा गर्न चुनौती देखिएको खानेपानी स्वास्थ्य तथा सरसफाइ स्वच्छता समन्वय समित रुपन्देहीले जनाएको छ । आजको अन्नपूर्णमा समाचार छ ।

अर्थमनत्री पौडेलको गृहनगर बुटवल उपमहानगरपालिका अहिलेसम्म खुला दिसामुक्त हुन सकेको छैन । स्थानीय विकास मन्त्रालयको कार्य सम्पादनको मामिलामा अग्रस्थानमा रहने बुटबलका विपन्न एवं सुकुम्वासी बस्तीका अधिकांश समुदायको घरमा चर्पी छेन । उनीहरु तिनाउ खोला र ढलमा दिसापिसाब बिसर्जन गर्दै आएका छन् ।

यस्तै श्रममन्त्री दीपक बोहोराको निवास सिनपा ३ खजहना गाउँका ५३ घरधुरीले चर्पी बनाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment