Comments Add Comment

एमाले नेता प्यासीको मुटुको शल्यक्रिया गरियो

९ असार, काठमाडौं । नेकपा एमाले निर्वाचन कमिटीका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’को मुटुको शल्यक्रिया गरिएको छ ।

Somnath-Adhikari-Pyasi,-UML-Leaderएमाले स्थायी कमिटी सदस्य समेत रहेका प्यासीको बिहीबार दिउँसो साढे १ बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल हाताभित्र रहेको मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक ओपन हर्ट सर्जरी गरिएको हो ।

६८ वर्षीय कास्केली नेता प्यासीको वरिष्ठ चिकित्सक डा. भगवान कोइरालासहितको टोलीले सर्जरी गरेको एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्यासीको मुटुको चारवटा भल्व बाइपास सर्जरी र एउटा भल्व सफा गरेर खोलिएको छ ।

चिकित्सकहरुले प्यासीलाई एक महिना बेड रेष्टमा बस्नुपर्ने सुझाएको अधिकारीले बताए ।

मुटुमा समस्या देखिएपछि प्यासीलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment