Comments Add Comment

बिजुली र सरकारी सुविधा कटौतीले जुट उद्योग बन्द

९ असार, पथरी (मोरङ) । मोरङ-सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन् । सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन् ।

Jute-Industryनेपाल जुट उद्योग संघका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन् । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण धेरै उद्योग बन्द हुन पुगेका हुन् । अहिले नेपाल जुट इन्डस्ट्रिज, अरिहन्त मल्टिफाइबर्स, बाबा जुट र स्वस्तिक जुट सञ्चालनमा छन् ।

जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा भारतीय उत्पादनसित नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द हुन पुगेका बताउँछन् । त्यस्तै, बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा उद्योग बन्द गर्नुपरेको बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडाको भनाइ छ ।

जिल्लाका नरेश राठीको गुहेश्वरी जुट मिल्स, त्रिभुवनमान सिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग, विराटनगर जुट मिललगायत उद्योग बन्द छन् । उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवाल डेढ मेगावाट बिजुली दिन सरकारले नसकेपछि ती उद्योग बन्द भएका बताउँछन् ।

‘सरकार गम्भीर नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आइपरेको हो’ उनले भने । चारवटा उद्योग बन्द हुँदा करिब रु एक सय करोड नोक्सानी भएको उद्योग सञ्चालकहरुको भनाइ छ । उद्योग बन्द हुँदा करिब पाँच हजार मजदुर र कर्मचारी बेरोजगार बनेका बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment