+
+
Shares

सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार पौडेलद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १६:५४

९ असार, काठमाडौं । सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

मात्रिका पाैडेल
मात्रिका पाैडेल

सरकारले हालै ल्याएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएका छन् ।

‘निर्देशिका बनाउने क्रममा मलाई पूर्णरुपमा बाइपास गरियो,’ पौडेलले भने, ‘सल्लाह दिन गएको म अब त्यो पदमा बसिरहन नैतिकरुपले दिएन ।’

पत्रकार समेत रहेका पौडेलले अनलाइन सञ्चालनसम्वन्धी निर्देशिकाका केही बुँदा आपत्तिजनक भएको समेत बताए ।

अनलाइनखबर डटकमका पूर्व डेपुटी इडिटर समेत रहेका पौडेल गत पुस २२ गते सञ्चार मन्त्रालयको सल्लाहकार नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?