+
+

मधेसका जिल्ला मोर्चाको विर्ता होइनः कमल थापा

आन्दोलनबाट सरकारलाई घुँडा टेकाउन चुनौति

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १८:२१

Kamal-Thapa

९ असार, काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मधेसका जिल्ला मधेसी मोर्चामा आवद्ध दलको मात्र विर्ता नभएको बताएका छन् । उनले आन्दोलनको बलमा माग पूरा गरेर देखाउन मोर्चालाई चुनौती पनि दिएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको विहीबार काठमाडौमा सुरु भएको तेस्रो महाधिवेशन उदघाटन कार्यक्रममा उनले हठ त्यागेर वार्तामा आउन र समस्या समाधानमा सहयोगी बन्न मोर्चाका नेताहरुलाई आह्वान गरे ।

केही दलले आन्दोलन गरेको नाममा सरकारले आन्दोलन विरोधी जनताका भावनालाई उपेक्षा नगर्ने भन्दै उनले मोर्चाले राखेका माग संविधानको पहिलो संशोधनबाट पूरा भइसकेको बताए ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले कसैका पनि शत प्रतिशत माग पूरा नहुने भन्दै आफ्नो पार्टी त्यसको उदाहरण भएको बताए ।

संविधानको विपक्षमा मत हालेर पनि आफ्नो पार्टीले संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक सहयोग गरिरहेको भन्दै प्रमुख दलहरुलाई जनमत संग्रहमा जाने हिम्मत गर्न चुनौती पनि दिए । जनमत संग्रह भएको अवस्थामा आफ्नो पार्टीले उठाउँदै आएको हिन्दु राज्यको पक्षमा ८० प्रतिशत मत आउने उनले दाबी गरे ।

पार्टीका कार्यकर्तालाई गुटबन्दीमा नलाग्न उनले निर्देशन समेत दिए । पार्टी भजनमण्डली खडा गर्न र हरिकीर्तन गर्नका लागि गठन नभएको भन्दै उनले फराकिलो विचार बोक्न कार्यकर्तालाई निर्देशन दिए ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको महाधिवेशन दुई दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?