१० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं किसान हकहित संघर्ष समिति पर्साका सहरुम राउत गद्धीले जिल्ला कृषि विकास कार्यालय पर्साकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेका छन् ।
आफूले भनेको फर्जी काम नगरेको निहुँमा नेता गद्धीले कार्यालयको मत्स्य विकास अधिकृत सबिता झालाई गाली गर्दै दुर्व्यवहार गरेका आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
पर्साको महसीहानीका शम्भुप्रसाद कलवारसँगै बुधबार जिल्ला कृषि विकास कार्यालय पुगेका गद्धीले कार्यालय प्रमुखकै कार्यकक्षमा मत्यस विकास अधिकृत झालाई गालीगलौज र धम्की दिदैँ दुव्र्यवहार गरेका हुन् ।
पर्साको मसिहानी गाविस २ मा रहेको कलवारको पुरानो पोखरीलाई फर्जी कागजातका आधारमा नयाँ पोखरी कायम गरी सरकारी अनुदान रकम उपलव्ध गराइदिन गद्धीले दबाब दिएका थिए । अभियानमुखी मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत एक हेक्टर क्षेत्रफलमा खनिएको नयाँ पोखरीका लागि सरकारले किसानलाई तीन लाख रुपैयाँ अनुदान दिने गरेको छ ।
तर स्थलगत अनुगमनका क्रममा कलवारको पोखरी नयाँ नभई पुरानो भएको फेला पारेपछि मत्स्य विकास अधिकृत झाले अनुदान दिन नमिल्ने बताएपछि पोखरीधनी कलवारसँगै जिल्ला कृषि विकास कार्यालय पुगेका गद्धीले झामाथि दुर्व्यवहार गरेका हुन् ।
प्रतिक्रिया 4