Comments Add Comment

अन्तरजातीय विवाह गरेका लोकगायिकाको परिवारले पाएन नागरिकता

कुनै बेलाको चर्चित लोकगीतसँगै सयौं गीतमा स्वर भरेकी लोकगायिका माया गुरुङ (देवीमाया) ले नेपाली नागरिकता खोज्दै सरकारी कार्यालय धाउन थालेको वर्षौं बितिसक्यो ।

nagariktaउनका पतिको परिवारले अन्तरजातीय विवाहलाई स्वीकार नगर्दा मायामात्र होइन उनका पति, तीन छोरी र दुई छोरा नागरिकताबाट वञ्चित भएका छन् ।

लमजुङ बेसीसहर नगरपालिका-१५ नाल्मा डाँडागाउँका लेखमान गुरुङ र मायाले गरेको अन्तरजातीय बिहेलाई लेखमानका बुबाले अस्वीकार गरी उनलाई नै छोरा मान्न अस्वीकार गरेपछि यो समस्या सिर्जना भएको हो ।

माया अहिले ५५ वर्ष लागिन् ।  लेखमान र उनको उमेर १५ दिनमात्र फरक छ।साबिक नाल्मा गाविस डाँडागाउँको बाक्लो गुरुङ बस्तीका बीचमा एकमात्र थापामगरको घर थियो। त्यही घरमा जन्मिएकी हुन् माया ।  गाउँमा एउटामात्र थापामगरको घर भएकाले संस्कृति, भेषभूषा र रहनसहन गुरुङ समुदायकै जस्तो थियो । अाजको अन्नपूर्णमा समाचार छ ।

१३ वर्षदेखि नै लोकगीत गाउन थालेकी माया गाउँमा हुने रोधीघरको आकर्षण बन्थिन् ।  उनको सुरिलो स्वर र मिठा शब्दले युवा भुतुक्कै हुन्थे।

लेखमान र उनको घर नजिकै थियो। सानैदेखिका दौंतरी हुन् उनीहरू ।

मायालाई परिवारको साथ थियो तर लेखमानले सानैदेखि परिवारबाट माया पाएनन्। मजदुरीका लागि भारत जाने-आउने गर्ने लेखमान पनि संगीतका पारखी हुन्। रोधीघरमा कहिले मादल, कहिले ‘माउथ हार्मोनी’ (मुखले बजाउने बाजा) उनकै जिम्मामा पर्थ्यो ।

यो दम्पतीले २०४३ सालमा अन्तरजातीय विवाह गर्दा गाउँमा त्यस्तो विवाह रुचाइँदैन थियो । गाउँमा समाजसेवीका रूपमा चिनिएका मनिराजले अन्तरजातीय बिहे गरेपछि लेखमानलाई ‘छोरा नै हैन’ भन्ने गरेका छन् ।

विवाह गरेको पाँच वर्ष भएदेखि नागरिकताका लागि पहल थालेकी मायाले अहिलेसम्म पनि प्रमाणपत्र पाउन सकेकी छैनन्। उनी त्यसबेला गाविसको सिफारिसका लागि गाविस सचिवकहाँ पुगे पनि आवश्यक कागजात नहुँदा रित्तै फर्किनुपर्यो। त्यसयता उनले नागरिकताका लागि लगातार पहल गरिरहेकी छन् ।

नागरिकताका लागि गाउँमा पटकपटक गरेको प्रयास असफल भएपछि उनले २०५० सालमा प्रहरीमा निवेदन दिइन्, प्रशासन धाइन्। तर गाविसको सिफारिस बिनाकाम नबनेपछि उनी हार खाएर १८ वर्षसम्म चुपचाप बस्न बाध्य भइन् ।

छोराछोरी बढ्दै गए ।  नागरिकता झन् अपरिहार्य बन्दै गयो। जेठो छोरा सन्दीप नागरिकता नभएकै कारण विदेश जानबाट रोकिए ।  बिहे गरेर गएका दुई छोरीले विदेशमा रहको पतिले पठाएको पैसा अर्कैको बैंकखातामा राख्न बाध्य बने । नागरिकता नहुँदा उनको परिवारले थुप्रै समस्या भोग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment