Comments Add Comment

पेट्रोलियम पाइपलाइन अघि बढाउन भारतीय टोली नेपालमा

petrol-oil-pump-tel१० असार, काठमाडौं । दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् ।

लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन् । पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडिबढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायबीच छलफल गरेका छन् ।

आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको काम विस्तारमा सहयोग गर्न नेपाली प्रतिनिधिलाई आग्रह गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

पेट्रोलियम पदार्थको आफूर्ति व्यवस्था सहज बनाउन भारतले रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तार गर्ने भनेपछि सो कार्य अगाडि बढाउन लागिएको हो ।

आईओसी र नेपाली प्रतिनिधिबीच बिहीबार भएको छलफलका क्रममा पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारत तयार भएको आईओसी प्रतिनिधिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment