Comments Add Comment

भारी वर्षाले जनकपुर जलमग्न

१० असार, जनकपुरधाम । बिहानदेखिको भारी वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ ।

Janakpur Bazzar
फाइल तस्वीर

शुक्रबार बिहान भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो ।

भारी वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।

वर्षाको पानीले यातायात, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने जिल्ला प्रशासन कार्यालय क्षेत्रको सडक पनि हिलाम्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment