+
+
Shares

नेपथ्यको प्रस्तुती लस एन्जलसमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १० गते १५:५९

nepathya-2

लस एन्जलस । अमेरिकी भ्रमणमा निस्केको नेपथ्यले यात्राको पहिलो गन्तब्य लस एन्जलसमा पाइला टेकेको छ । टोलीले जुन २५ तारिखका दिन यहाँस्थित बर्नम हलमा पहिलो साँगीतिक प्रस्तुति दिनेछ ।

त्यसपछिको यात्रा आगामी जुलाई २ तारिख एटलान्टाको सेन्टर स्टेजमा कन्सर्टको निम्ति जर्जियातर्फको हुनेछ । यसवर्ष त्यसै सहरमा आयोजना हुन लागेको एएनए -एशोसिएसन अफ नेप्लीज इन द अमेरिकाज) सम्मेलनकै क्रममा नेपाली लोक रकसमेत घन्किन लागेको छ । यो नेपथ्य अमेरिका यात्राको आयोजना र संयोजन एएनएकै तर्फबाट भइरहेको छ ।

‘लस एन्जलसमा नेपथ्यलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ,’ एएनएका उपाध्यक्ष एवं सम्मेलन आयोजक समितिका प्रमुख डा. शम्भु ढुंगानाले भने, ‘यति पर बसेका नेपाली समुदायको निम्ति आफ्नो आँगनमा नेपथ्यलाई सुन्ने लामो समयदेखिको सपना पूरा हुने भएको छ ।’

अमेरिकाको पश्चिमी किनारामा पर्ने सुन्दर राज्य क्यालिफोर्नियामा यतिबेला ४० हजार नेपाली बसोबास गरिरहेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी अर्थात् झण्डै १५ हजार नेपाली यो राज्य अन्तर्गत यस लस एन्जलस सहरमा बस्छन् । लस एन्जलसमा हुन लागेको नेपथ्य कन्सर्टको आयोजना यहाँस्थित संस्था ‘फ्रेण्ड्स अफ नेपाल’ले गरिरहेको छ । यहाँको प्रस्तुतिबाट संकलित रकम नेपाली समाजको सामुदायिक गतिविधिमै खर्च गरिने आयोजकले घोषणा गरेका छन् ।

नेपालको लोकधुन र लोकआवाजका क्षेत्रमा गहिरो जरा गाड्दै आफ्नै मौलिक स्वर सुनाउँदै आएको नेपथ्यले लामो समयदेखि स्वदेश वा विदेश सबैतिर बस्दै आएका नेपाली मनहरुलाई जोड्ने काम गर्दै आएको छ ।

‘संसारकै यस सिने राजधानीमा पहिलो कन्सर्टमा आफूलाई प्रस्तुत गर्न पाउँदा मलाई गर्व अनुभूति भइरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं टोली अगुवा अमृत गुरुङ भन्छन्, ‘यहाँ उल्लेख्य संख्यामा बसोबास गर्दै आउनुभएका नेपालीहरुले आफूसँगै नेपाल र नेपालीपन जोगाउँदै आउनुभएको थाहा पाउँदा खुशी लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?