Comments Add Comment

राष्ट्रपति, प्रधानमन्त्रीको खाना परीक्षण हुने !

Nepali-Khana११ असार, काठमाडौं । राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषिमन्त्री हरिबोल गजुरेलले शुक्रबार राजधानीमा खाद्य महोत्सव उद्घाटनका अवसरमा दिएका हुन् ।

मन्त्री गजुरेलले राम्रो कामको सुरुवात मुलुककै राष्ट्रप्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन र स्थानीय पोषिलो खाद्यपदार्थ उपभोगमा प्रोत्साहन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको विहान र रातिको खानामा पदार्थ परीक्षण गरिने जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

‘उहाँहरूको दैनिक प्रयोग गर्दै आउनुभएको खाद्यपदार्थ पोषिलो, स्वास्थ्यवर्द्धक र सन्तुलित छ वा छैन भनेर परीक्षण गर्ने व्यवस्था ल्याएका छौं,’ उनले भने । उनले त्यसपछि दोस्रो चरणमा तल्लो तहमा खो बानीमा सुधार ल्याइने बताए ।

यसका लािग खाद्य विभागले कार्यविधि तयार पारिरहेको मन्त्री गजुरेलले जनाए । उनले पोषकयुक्त स्थानीय खाना उपभोग गर्न सकिने अस्पतालमा विरामी भएर जानेको संख्या कम्तीमा ५० प्रतिशत घट्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment