+
+
Shares

न्युट्री–क्योर ब्रान्ड नेपालमा प्रतिबन्धित, बजारबाट पनि उठाइने

विभागले निर्देशन अनुसार उक्त ब्रान्डको खाद्य पदार्थ बजारमा बिक्री गरेको पाइएमा कारबाही समेत हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १९:१७

२१ वैशाख, काठमाडौं । नेपालमा न्युट्री–कोर ब्रान्डको आहारपूरक खाद्य पदार्थमाथि प्रतिबन्ध लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतमा उत्पादन गरिएको न्युट्री–क्योर ब्रान्डको आहारपूरक खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले आइतबार गरेको निर्णय अनुसार भारतको अगुस्तो फर्मुलेसन प्रालिबाट उत्पादन गरिएको उक्त खाद्य पदार्थ वीरगञ्ज–१३ स्थित न्युट्रिका फुड कन्सर्नले आयात गरी बायो लाइफकेम नेपाल मार्फत वितरण गर्दै आएको थियो ।

तर, विभागमा उक्त उत्पादन दर्ता नगरिएको र खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत आवश्यक आयात अनुमति नलिई वितरण गरिएको पाइएको विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

न्यौपानेले जारी गरेको विज्ञप्ति अनुसार विभागले खाद्य ऐनको दफा ३८ अनुसार उक्त उत्पादन बजारबाट तुरुन्तै फिर्ता गरी विभागलाई जानकारी गराउन आयातकर्ता तथा वितरकलाई सूचित गरेको छ । साथै, अन्य व्यवसायीलाई पनि उक्त उत्पादन नबेच्न र नगर्न आग्रह गरिएको छ ।

विभागले निर्देशन अनुसार उक्त ब्रान्डको खाद्य पदार्थ बजारमा बिक्री गरेको पाइएमा कारबाही समेत हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?