११ असार, ताप्लेजुङ । पाथिभरा क्षेत्रमा रहेको सामुदायीक वनमा अबैधानि रुपमा घर निर्माण गरिरहेका दुई जनालाई जिल्ला वन कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ ।
पाथिभरा क्षेत्रमा पर्ने मयाम पाताल सामुदायीक वनभित्र अबैधानिक रुपमा घर निर्माण भइरहेको समाचार शुक्रबार अनलाइनअखबरमा आएको थियो ।
पाथिभरा क्षेत्रमा फुरुम्बु २ मयाम निवासी घरधनि विकास लेछर्बो र घर निर्माण गरीरहेका मिस्त्री फुरुम्बु ३ का तुलसी निरौलालाई पक्राउ गरिएको जिल्ला बन कार्यालय ताप्लेजुङका प्रमुख माधवप्रसाद देवले बताए ।
उनीहरुलाई घर निर्माण गरिरहेको स्थानबाटनै शुक्रबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका दुई जनालाई प्रहरीको हिरासतमा राखिएको छ ।
सामुदायीक वन अतिक्रमण गरी घर निर्माण गरिरहेकाले उनीहरुलाई वन ऐन अनुसार कारवाहि गरिने प्रमुख देवको भनाइ छ । उनीहरुले बनाईरहेको घर समेत जिल्ला वन कार्यालयका कर्मचारीले भत्काएका छन् ।
पछिल्लो समय यस क्षेत्रमा सामुदायीक बन अतिक्रमण गरी घर निर्माण भइरहेको भन्ने समाचार शुक्रबार अनलाइनखबरमा फोटो सहित प्रकाशन भएपछि जिल्ला वन कार्यालयबाट गएको टोलीले उनीहरुलाई घर बनाईरहेको स्थानबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया 4