+
+
Shares

ब्रिटेनलाई सुविधा नदिने पक्षमा यूरोपीय संघ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ११ गते ८:२३

_eu_and_uk_flags_११ असार, काठमाडौं । यूरोपीय संघमा आवद्ध देशका नेताहरुले ब्रिटेन ईयूबाट बाहिर जाने फैसलाम दुख मनाउ गरेका छन् । साथै उनीहरुले मानिसहरुलाई शान्त रहन र स्थिरता कामय राख्न अपील गरेका छन् ।

उनीहरुले अब ब्रिटेनले यूरोपीय संघबाट बाहिर जाने प्रक्रिया सुरु गर्न भनेका छन् । उनीहरुले बाहिर निस्कन ढिलाई भए अनिश्चितता बढ्ने बताएका छन् ।

ईयूमा आएको संकटबारे केहि दिनमा बैठक हुने अनुमान गरिएको बीबीसीले जनाएको छ । यूरोपीय परिषदका अध्यक्ष डोनल्ड टस्कले केही दिन भित्रमा २७ देशका नेताहरुको बैठक बोलाउने तयारी गरेका छन् ।

उक्त बैठकमा यूरोपीय संघबाट बाहिर जाने फैसला बारे चर्चा हुने छ ।  बैठकमा ब्रिटेनका प्रधानमन्त्रीलाई बोलाइएको छैन । यूरोपीय देशका धेरै सरकारले अब ब्रिटेनलाई कुनै सुविधा दिने पक्षमा छैनन् । उनीहरु यूरोपीय यूनियन छोड्ने मनस्थिति बनाएका अन्य देशलाई हतोत्साहित गर्न ब्रिटेनमाथि कडाइ गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?