Comments Add Comment

गोल्छाका छोराछोरी अन्तै जागिरे

golcha organization१२ असार, काठमाडौं । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ । उसका ३५ भन्दा धेरै उद्योग छन् ।

तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरूकैमा जागिर खान्छन् । आफूभन्दा माथिको हाकिकै अरनखटनमा चल्छन् ।  सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन् ।

गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका अाजको अन्नपूर्णमा समाचार छ ।

विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र  इन्फरमेसन टेक्नोलोजि अन्तर्गत एनिमेशन विधामा ग्राजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे छन् ।

अनुज्ञा गोल्छा अर्गनाइजेशनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन् । अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन् ।  सुरेन्द्रका अर्का भतिजा पनि लण्डनमा पढ्दा त्यहाँको एक सिनेमा हलमा जागिर खान्थे ।

औद्योगिक घरानाका सन्तान भएर जागिर खाादा त्यसले अर्थ राख्ने भएकाले आफूहरुले पनि जागिर खान प्रेरणा दिएको सुरेन्द्रले बताए । अहिलेको पुस्तालाई आफ्नो मेहनतबाट प्राप्त हुने आम्दानीको महत्व बुझाउन जरुरी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment