+
+
Shares

दहीको सेवनले स्तन क्यान्सरको खतरा कम हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते ९:२८

ladiesनियमित दहीको सेवनले महिलामा स्तन क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । दहीमा हुने जिवाणुहरुले स्तनमा लाभकारी ब्याक्टेरियाको अनुपातमा वृद्धि गर्ने र त्यसले स्तन क्यान्सरको खतरा कम गर्ने शोधकर्ताहरुको दाबी छ ।

क्यानडाको वेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार ल्याक्टोबेसिलस र स्टेप्टोकोकस जस्ता स्वास्थ्यबर्धक ब्याक्टेरियाहरु क्यान्सरग्रस्त स्तनको तुलनामा स्वस्थ स्तनमा बढि मात्रामा पाइएकेा छ । यी दुबै खाले ब्याक्टेरियामा क्यान्सर प्रतिरोधी गुण हुन्छ र स्तन क्यान्सरको जोखिम घटाइदिन्छन् ।

शोधकर्ता प्राध्यापक ग्रेगर रीडका अनुसार स्तन क्यान्सरको खतरा बढि भएका महिलाहरुले आफ्नो आहारमा दहीलाई बढि भन्दा बढि सामेल गर्नाले स्तनमा लाभकारी ब्याक्टेरियाको अनुपात बढ्दछ ।

शोधकर्ताहरुले आफ्नो शोधका क्रममा स्तन क्यान्सरग्रस्त ५८ जना महिलाहरु तथा स्तन सर्जरी गराएका २३ जना स्वस्थ महिलाहरुका स्तन कोषिकाको अध्ययन गरी कोशिकाहरुमा क्यान्सरजन्य तथा क्यान्सर प्रतिरोधी ब्याक्टेरियाको स्तरको अध्ययन गरेका थिए ।

अध्ययन अनुसार स्वस्थ महिलाहरुको स्तन कोषिकामा ल्याक्टोबेसिलस तथा स्टेप्टोकोकस ब्याक्टेरियाको अनुपात बढि भएकेा पाइयो भने क्यान्सरग्रस्त महिलाका स्तन कोषिकाहरुमा एसचेरिचिया तथा स्टाफाइलोकोकस ब्याक्टेरिया बढि मात्रामा पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?