Comments Add Comment

दयाहाङलाई अफरको ओइरो, तर छैन वैशाखसम्म समय

dayahang rai
नायक दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त कलाकार हुन् । मल्टिप्लेक्समा उनको क्रेज राम्रो छ । दयाको अभिनय वास्तविक हुन्छ भन्नेहरुको जमात धेरै छ । मल्टिप्लेक्समा उनको अनुहारले नै चलचित्र चलेको पाइन्छ ।

यूरोपमा चलचित्र ‘लप्पन छप्पन’ छायांकन सकेर काठमाण्डौ आएलगतै दयालाई अफरको ओइरो लागेको छ । उनले आफूलाई २० दिनमा करिब ३० चलचित्रको अफर आएको बताए । दयालाई पुरा पैसा दिएर उनले नै भनेको समयमा चलचित्र खेलाउन पनि निर्माता तयार रहेको वुझिएको छ । दयाले भने आफू वैशाख महिनासम्म व्यस्त रहने बताएका छन्  ।

उनका अनुसार साउनको पहिलो साताबाट चलचित्र ‘लुट २’को छायांकन सुरु हुनेछ । यसपछि, उनले पत्रकार दीपेन्द्र लामाको चलचित्र गर्नेछन् । दयाले आफ्नै कथामा बन्न लागेको चलचित्रमा पनि अभिनय गर्नेछन् । दयाका लागि लक्की मानिएका निर्देशक निश्चल बस्नेतले बनाउने चलचित्र ‘दिमाग खराब’ उनको अर्को प्रोजेक्ट हो ।

वैशाखसम्म व्यस्त रहेको बताएपनि दयालाई अफरको कमी छैन । उनको रिलिजका लागि तयार भएका चलचित्रको संख्या हेर्ने हो भने पनि आधा दर्जन छ ।

नेपालमा अहिले स्टारडमको विकास विस्तारै बढेको छ । कलाकारको अनुहार नै हेरेर दर्शक हलसम्म पुग्न थालेका छन् । दयालाई निर्माताले ५ लाखदेखि माथिको रकम अफर गरिरहेका छन् । दयाले खेलेका चलचित्र राम्रा हुन्छन् भन्ने दर्शकमा छाप छ ।

तर, दयाले एकपछि अर्को चलचित्र गर्दै गए भने उनी व्यस्त भएपनि दर्शकका लागि उनीमाथिको कौतुहलता सकिने त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment