+
+

यी हुन् युरोकपमा थ्रो-इनका बादशाह

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते १६:२१

Aron

आइसल्याण्डका एरोन गनरसनको अस्वाभाविक लामो थ्रो आज हुने नकआउट चरणको खेलमा इंग्ल्याण्डका लागि सबैभन्दा प्रमुख चुनौति हुनसक्छ । उनी यस्तै अविश्वासनीय थ्रो मार्फत आइसल्याण्डका यी स्टार इंग्ल्याण्डलाई प्रतियोगिताबाट बाहिर पठाउन चाहन्छन् ।

प्रशिक्षक क्रिस कोलम्यानद्वारा बिकसित यस हतियारले इंग्ल्याण्डमाथि आक्रमण गर्न आइसल्याण्ड तयार छ । तर रोय हटुसनलाई यो थाहा छ कि इंग्ल्याण्डका लागि यो प्रमुख चुनौति हो ।

यो एउटा यस्तो हमला हो, जसको प्रयोगमार्फल आइसल्याण्ड समूहको अन्तिम खेलमा अष्ट्रियामाथि महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा पुगेको थियो । अष्ट्रियाबिरुद्ध सुरुवाती गोल यस्तै लामो थ्रोबाट संभव भएको थियो ।

लामो दाह्री पालेका कार्डिफ सिटीका २७ बर्षीय मिडफिल्डर एरोनले चुनौति दिएका छन् कि आजपनि यस्तै गर्नेछन् । उनले भनेका छन्, ‘आठ बर्षअघि कार्डिफमा आवद्ध हुनुअघि मेरा एजेन्टले क्रिस कोलम्यानलाई भनेका थिए कि मैले लामो थ्रो-इन गर्न सक्छु । र मैले अहिलेसम्म यस्तै गर्दै आइरहेको छु ।’

उनले थपे, हामीले हमेसा टोलीमा यस्तै प्रयोग गरिरहेका हुन्छौं र कार्डिफमा पनि मैले यस्तै प्रयोग गर्छु ।’

एरोनका अनुसार आइसल्याण्डका खेलाडीहरु औसत अग्ला छन् त्यसैले यस हतियार हाम्रोलागि निकै फलदायी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?