Comments Add Comment

कतारमा ‘सुन्तली धुर्मुस साझ ‘धमाका

दिलीप पराजुली

katar_  dhurnus suntali sjhदोहा ।  गत बर्षको विनासकारी भूकम्पले पुर्याएको क्षतिकाे अझै पुनर्निर्माण हुन सकेको छैन । वर्षा लागिसकेको भएपनि पीडितहरु टहरामा बस्न बाध्य छन् । सरकारले पीडितहरुलाई अनुदान दिन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।

देशबिदेश बाट करौडौको सहयोग भयो । विभिन्न दात्री राष्ट्रहरुबाट सहयोग भयो । केहि भए पनि पीडितलाई राहतको महसुस गर्ने मौका मिल्यो । आफ्नै देशमा केहि मात्रामा भए पनि सहयोग गर्ने उदेश्यले चर्चित हास्य कलाकार जोडी धुर्मुस सुन्तलीले देशमा नि यौटा नयाँ कदम चालेका छन् ।

कलाकारिताबाट उठेको रकमबाट यौटा नमुना बस्तिको कल्पना गरी अहिले सिन्धुपाल्चोकको गिनान्चौर एकीकृत नमुना बस्ति बनाउन हरपल लागि परिरहेका छन् यी जोडी ।

मुस्लिम धर्मावलम्बीहरुको ठूलो चाड इदको अवसर पारेर दोहाको सनैया स्थित एसियन टाउन (ग्रान्ड मल ) को प्राङ्गणमा यहि आउने इदको दोश्रो दिन ‘सुन्तली धुर्मुस साझ’ गर्ने आयोजक सास क्रियसनले जनाएको छ ।

२६ जुन २०१६ का दिन दोहाको टपफम रेस्टुरेन्ट मा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आयोजक कल्याण घिमिरेले यो जानकारी दिए । छोटो समय भएको हुनाले बढी भन्दा बढी दर्शक ले मनोरंजन लिउन् र त्यो बाट आएको रकम नमुना बस्ति निर्माणमा सहयोग गर्रिने बताए ।

कार्यक्रमकि बजार ब्यबथापक आशिका श्रेष्ठका अनुसार अहिले कार्यक्रमका लागि बिभिन्न स्थानमा टिकट पाइने व्यवस्था गरिने बताइन ।

एभरेष्ट नेपाल युथ एसोसिएसन र सन्ध्या ग्रुप कतारले बजार व्यवस्थापनमा मुख्य भूमिका खेल्ने कुरा जानकारी गराइन । सास क्रियसन प्रा लि को आयोजना , अरुण भ्यालीको स्पोन्सर तथा एभरेष्ट नेपाल युथ एसोसिएसन र बाब कतारको सहयोगमा सम्पन्न हुन गैरहेको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कालाकारहरु लोक गायक राजु गुरुङ , लोक गायिका मुना थापा मगर , नायिका रेखा थापा ,भोजपुरी नायिकाहरु परिनिका शर्मा , सीमा सिहं र रानी चटर्जीको बेजोड सांगीतिक प्रस्तुति रहने छ भने डी आई डी फस्ट रनर अप निर्मल तामाङको आकर्षक नृत्य पनि रहने छ ।

उक्त कार्यक्रम हेर्नका लागि कतारी रियाल ४०,६० र १०० दरका टिकटहरु तयार गरिएको छ बेलुका ६ बजे देखि सुरु हुने भनिएको सो कार्यक्रमको टिकट ग्राण्ड मल सनैया (३७ , एसियन टाउन मा पाइने छ भने दर्शकहरुको सुबिधाको लागि अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ ।

दोहाको टप फर्म रेस्टुरेन्टको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा एभरेष्ट नेपाल युथ एसोसिएसन का अध्यक्ष उतम गुरुङ तथा धुर्मुस सुन्तलीको एकिकृत नमुना बस्ती निर्माणको सहयोगार्थ व्यक्तिगत ६ लाख रुपैया प्रदान गर्नु हुने समाजसेबी प्रकास कोइरालाको पनि उपस्थिति रहेको थियो ।

पत्रकारहरुको प्रश्नमा घिमिरेले भने यो नितान्त सामाजिक कार्यको लागि भनेकोले गर्दा दोहाबासी नेपालीहरुले यसलाई भित्रि मन बाट सहयोग गर्नु हुनेछ भन्ने आशा राखेको बताए । कार्यक्रम समापन हुने बित्तिकै आफुले कार्यक्रममा भएको खर्च कटाएर रहेको रकम सिधै यो अभियान हिरो धुर्मुस सुन्तली लाई हस्तान्तरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment