Comments Add Comment

सगरमाथा सिजन सकियो : यी हुन् यस वर्षका हाइलाइट्स

३० देशका ४५६ जना चुचुरोमा, पर्वतीय पर्यटनमा जगायो आशा

Mt Everest Climbi_sex wise

१४ असार, काठमाडौं । विगत दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण यस वर्ष सफल रुपमा सम्पन्न भयो । भर्खरै सकिएको स्प्रिङ सिजनमा ३० देशका ४ सय ५६ आरोही सगरमाथाको चुचोरोमा पुग्न सफल भएका छन् ।

यसले पर्वतीय पर्यटनमा पुनः तरङ्ग ल्याइदिएको छ । हुदहुद आँधी र भूकम्पले दुई वर्षदेखि सगरमाथा आरोहण रोकिएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ती आउँदा पर्वतीय पर्यटन संकटमा पर्ने हो कि भन्ने चिन्ता छाएको थियो ।

वैशाख ३० गते ९ जना शेर्पाहरु बाटो बनाउँदै सगरमाथाको चुचुरोमा पुग्दा खुशी छाएको थियो । उनीहरुले बनाएको बाटो हुँदै थप ४४६ जना स्वदेशी विदेशी आरोहीहरुले सगरमाथा चुम्न सफल भए ।

सगरमाथा आरोहणका लागि ३४ टिमको सहभागी भएका थिए । पर्यटन विभागका अनुसार आरोहण ११ दिनसम्म चलेको थियो । कुल आरोहीमध्ये ४११ पुरुष र ४५ महिला रहेको विभागका अधिकारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

२०१६ मे १९ मा एकै दिन २०५ जना आरोही चुचुरोमा पुगेका थिए । आरोहीको लस्करले सगरमाथामा ट्राफिक जाम भएको थियो । ‘स्प्रिङ सिजनको सगरमाथा आरोहण  उत्साहजनक रहन पुग्यो’ विभागका अधिकारी श्रेष्ठले भने ।

कुन देशका कति ?

Mt Everest Climbi_Country wise

सगरमाथा चढ्ने ३० देशका नागरिकमध्ये सबैभन्दा बढी नेपाली रहेका छन् । २५८ नेपाली सगरमाथाको चुचुरोमा पुग्न भ्याए । भारतबाट ५२ जनाले सगरमाथा आरोहण गरेको विभागको भनाई छ । तेस्रो नम्बरमा अमेरिका रहेको छ । ३९ अमेरिकी नागरिकले सगरमाथा सफल आरोहण गरेका छन् ।

चीन र बेलायत चौथो र पाँचौं नम्बरमा परेका छन् । यी देशबाट क्रमशः १८ र १५ जनाले सगरमाथा चढेका छन् । पछिल्लो समय चिनियाँ नागरिकहरुले पर्वतीय पर्यटनमा रुची देखाउन थालेका छन् ।

अष्ट्रेलियाबाट ११, जापान ९, युनाइटेड अरब इमिरेटस ७, न्यू जील्याण्ड ६ जनाले सगरमाथा आरोहण गरेका छन् । त्यस्तै, होल्याण्ड, नर्बे र जर्मनीका ४/४ जनाले आरोहण गरे । ब्राजिल, इरान र कोरियाका ३/३ जनाले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ ।

यसैगरी, अष्ट्रिया, क्यानडा, इटाली, बेल्जियम र म्यानमारबाट २/२ जनाले सगरमाथा आरोहण गरे । ग्वाटेमाला, मेक्सिको, पेरु, पोल्यान्ड, साउथ अफ्रिका, श्रीलंका, स्वीडेन, थाइल्यान्ड, टुनिसिया र युक्रेनबाट १/१ जनाले सगरमाथाको शिखर चुम्न सफल भए ।

कुन उमेर समुहका कति ?

Mt Everest Climbi_age wise

सगरमाथा आरोहण गर्ने सबैभन्दा बढी ३० देखि ३९ वर्षभित्रका रहेका छन् । यो समुहका १५७ जनाले सगरमाथा आरोहण गरेका छन् । त्यस्तै, १२ देखि २९ वर्षसम्मका १४९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागको तथ्यांकले देखाउँछ ।

४० देखि ४९ वर्षसम्मका १०३ जना, ५० देखि ५९ वर्षसम्मका ४४ जना र ६० देखि माथिका ३ जनाले सगरमाथा आरोहण गरेको श्रेष्ठले जानकारी दिए ।

५ जनाको ज्यान गयो

सगरमाथा आरोहणका क्रममा पाँच जनाले ज्यान गुमाएको विभागले जनाएको छ । मृत्यू हुनेमा तीन जना भारतीय र एक/एक जना अष्ट्रेलिया र होल्यान्डका नागरिक रहेका छन् ।

Mt Everest Climbi_date wise

भारतका परेस चन्द्र नाथ, गौतम घोष र सुवास पउलले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । होल्यान्डका इरिक अर्या आर्नोल्ड र अष्ट्रेलियाका मारिया एलिजावेथ एट्रेडमको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment