+
+
Shares

सुतेकै अवस्थामा मलेसियामा एक नेपालीको ज्यान गयो

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ असार १५ गते ११:५२

मलेसिया । मलेसियामा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ । पन्चासे गाविस वडा न ३ पाछावाङ रोल्पा घर भई जोहोरमा कार्यरत २९ वर्षका लाल वहादुर वुढाको ज्यान गएको हो ।

lal bahadur budhaदिन भरी डिउटी गरेर उनी सुतेका थिए । दिउसो उनी सुतेकै ठाउमा मृत भेटिएको  साथी सुन्दर श्रेष्ठले जानकारी गराए  ।

वुढा जोहोरको गेलनपत्तामा रहेको फलासटोनिक कम्पनीमा विगत सात वर्ष देखि कार्यरत रहेका थिए । मृतकको शवलाई पोसमार्टको लागि स्थानिय अस्पतालमा राखिएको छ ।

विवाहित वुढाको दुई छोरा र श्रीमती रहेको वुझिएको छ । वुढाको मृत्युको खवर घर सम्म पुरयाउन समस्या भएको श्रेष्ठले जानकारी दिए ।

उनको मृत्यु भएको खवर घर सम्म पुरयाउन सकेका छैनौ फेशवुकमा फोटो हालेर आफन्तहरु खोजीरहेका छौ अहिले सम्म कोहि पनि सम्पर्कमा आएका छैनन उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?