Comments Add Comment

आइसल्याण्डबारे ७ रोचक तथ्य, जुन तपाईंले थाहा पाउनुभएको छैन

Iceland

हुन त उत्तर युरोपेली मुलुक आइसल्याण्डको नामै पनि विश्वभरका फुटबलप्रेमीले सुनेको सायद धेरै भएको छैन । फुटबलमा त झन् गुमनाम थियो । तर, युरोकप २०१६ मा आइसल्याण्ड एकपछि अर्को सनसनी मच्चाइरहेको छ ।

सुपरस्टार क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगललाई १-१ को बराबरीमा रोक्दा धेरैले यसलाई ‘भाग्य’तिर लगेर जोडे । रोनाल्डोल स्वयंमले पनिज आइसल्याण्डको खेलशैलीबारे गर्दै भने कि पोष्टमा बस नै पार्क गर्‍यो ।

रोनाल्डोको टिप्पणीपछि आइसल्याण्डले विश्वफुटबलमा राम्रै चर्चा पायो । समूहको दोस्रो खेलमा पनि उसले हंगेरीसँग १-१ कै बराबरी खेल्यो ।

समूहको तेस्रो खेलबाट भने ३ लाख ३२ हजार कुल जनसङख्या भएको आइसल्याण्डले विश्वभरबाट थामिनसक्नु चर्चा पायो । उसले समूहको अन्तिम खेलमा प्रतियोगिताकै सरप्राइज्ड टोली मानिएको अपिष्ट्रयालाई २-१ ले हरायो । र, नयाँ नियमको फाइदा उठाउँदै पहिलो पटक युरोमा छनौट भएको आइसल्याण्ड नकआउट चरणमा पुग्यो, समूहको उपविजेता बनेर । समग्रमा उसले पोर्चुगललाई पनि उछिनेको थियो ।

नकआउट चरणमा त झन आइसल्याण्डले तहल्कै मच्चायो । र, अहिले विश्वभरका सञ्चारमाध्यममा केन्द्रमा रहेको छ आइसल्याण्डको फुटबल ।

उपाधिको दावेदारमात्र होइन, विश्वकै उत्कृष्ट फुटबल लिग भएको इंग्ल्याण्ड छिमेकी सानो मुलुक आइसल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । आइसल्याण्डको जनसङख्या जति मानिस इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्छन् भनिन्छ । तर, आइसल्याण्डको संगठनात्मक खेल अगाडि स्टार खेलाडीले भरिएको इंग्ल्याण्डको केहि जोर चलेन । आइसल्याण्डको युरोयात्राले विश्वभरका समर्थकको दिल र दिमाग बेचैन पारिदिएको छ ।

२३ सदस्यीय आइसल्याण्डको टोलीले आइसल्याण्डलाई फुटबल नक्सासँग जोडेको छ । हामीले यो नोर्डिक मुलुकका बारेमा ७ तथ्य पेश गरेका छौं, जुन तपाईंहरुलाई अहिलेसम्म जानकारी नभएको हुनसक्छ ।

१. युरोमा छनौट भएकामध्ये सबैभन्दा सानो मुलुक

आइसल्याण्ड युरोकप २०१६ मा सहभागी सबैभन्दा सानो मुलुकमात्र होइन, फुटबलको इतिहासमा ठूला प्रतियोगितामा अहिलेसम्म सहभागी भएकामध्ये सबैभन्दा सानो मुलुक पनि हो । यसको जनसङख्या मात्र ३ लाख ३२ हजार ५५९ छ । यसअघि १.२ मिलियन जनसङख्या भएको टि्रनीडाड एण्ड टोवाकोले विश्वकपमा सहभागी भएर कीर्तिमान राखेको थियो । तर, आइसल्याण्ड त टि्रनिडाडभन्दा पनि सानो मुलुक हो ।

२. गज्जबको गोल सेलिब्रेसन

सन् २०११ मा आइसल्याण्डको स्थानीय क्लव सेन्टजर्मनका खेलाडीले गरेको गोल सेलिब्रेसन जब सामाजिक सञ्जालमा आयो, त्यो भाइरल नै भयो । प्रत्येक गोलपछि उनीहरुले युनिक सेलिव्रेसन गर्थे उनीहरुले दैनिक दिनचार्य, मानव शौचालय, साइकल, बन्दुकधारी मानिस तथा साल्मन माझी लगायतको क्यारिकेचर गरेका थिए ।

जारी युरोमा पनि खेल सकिएपछि समर्थकमाझ उनीहरुले गर्ने जितको सेलिव्रेसन उनीहरुको खेलभन्दा कम मनमोहक छैन । इंग्ल्याण्डविरुद्ध शनसनिपूर्ण जित हातपारेपछि फ्रान्सको राष्ट्रिय रंगशालामा आइसल्याण्डका खेलाडीहरुले गरेको सेलिब्रेसन स्लो हृयाण्ड क्लापमा उसका समर्थकहरुले जोशका साथ साथ दिएका थिए ।

 

३. फुटबलरभन्दा ज्वालामुखी पहाड बढी

यो सुनेर तपाईंहरुलाई आश्चर्य लाग्न सक्छ कि आइसल्याण्डमा व्यवसायिक फुटबलरभन्दा ज्वालामुखी पहाड धेरै छन् ।

आइसल्याण्ड धेरै ज्वालामुखी विष्फोट हुने मुलुक हो । त्यहाँ २३ हजार जना खेलाडी दर्ता छन् तर १२० जनामात्र व्यवसायिक फुटबलर छन् । तर, यहाँ १२६ वटा ज्वालामुखी पहाड छन् ।

४. कुल जनसङख्याको ८ प्रतिशत फ्रान्स आए

लर्स लेजरब्याकको टोली आइसल्याण्डले फ्रान्समा पनि समर्थकको साथ राम्रोसँग पाएको छ । आइसल्याण्ड टोलीलाई समर्थन गर्न कुल जनसङख्याको ८ प्रतिशत जनता अहिले फ्रान्समा छन् ।

५. जनसङख्याको झण्डै दोब्बर पानीजहाज

आइसल्याण्डमा व्यवसायिक फुटबलरको तुलनामा ज्वालामुखी पहाड धेरै भएजस्तै जनसङख्याको झण्डै दोव्वर सङख्यामा पानीजहाज छन् । सामुदि्रक टापु मुलुक आइसल्याण्डमा करिव ६ लाख पानीजहाज छन् । यसको कुल जनसङख्या ३ लाख ३२ हजार ५५९ हो ।

६. आइसल्याण्डमा कमिला पाइँदैन

आइसल्याण्ड ती थोरै देशहरुमध्येको एक देश हो, जहाँ कमिला पाइँदैन । एउटा अनौठो कुरा के छ भने आइसल्याण्डमा कमिला नपाउनुको कुनै बैज्ञानिक कारण नै छैन ।

७. आइसल्याण्डका प्रशिक्षक पेशाले डेन्टिन्स्ट हुन्

आइसल्याण्ड टोलीका प्रशिक्षक हेइमिर हलगि्रमसन एक दन्त चिकित्सक हुन् । उनी अहिले पनि पार्टटाइमका रुपमा दन्त चिकित्सकको काम गर्छन् । पि्र-क्वाटरफाइनल चरणमा आइसल्याण्डसँग इंग्ल्याण्ड पराजित भएपछि ‘दन्त चिकित्सकले प्रशिक्षण गरेको टोलीले लज्जित पारे’ भनेर इंग्लिस मिडियाले समाचार नै प्रकाशित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment