Comments Add Comment

क्यानडाको पिआर बनाइदिने भन्दै ठग्ने पक्राउ

१५ असार, काठमाडौं । क्यानडाको पिआर बनाइदिने भनी ठगी गरेको अभियोगमा मदन नाथ पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ पुतलीसडक बस्ने दार्चुला रिटापाटाचौर गाबिस-७ का ३२ वषर्ीय नाथलाई महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पुतलीसडकस्थित ईन्फोहब एजुकेशन कन्सलटेन्सीमा पिआर पदमा काम गर्ने नाथले दाङ लालमटिया-९ की ३९ वर्षीया सिता सेन र ४६ वर्षीय मानबहादुर खत्रीलाई राम्रो काममा लगाइदिने तथा क्यानडाको पिआर मिलाइदिने प्रलोभन देखाई सिताबाट ६ लाख ८० हजार रुपैयाँ र मानबहादुरबाट ३ लाख ८२ हजार रुपैयाँ गरी जम्मा १० लाख ६२ हजार रुपैयाँ बिभिन्न मितिमा लिई सम्पर्कबिहीन भएका थिए ।

नाथलाई आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment