Comments Add Comment

‘राप्रपा समानान्तर’ फुट्यो, उपाध्यक्ष र महामन्त्रीमाथि कारवाही

१६ असार, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट चोइटिएर बनेको ‘राप्रपा नेपाल समानान्तर’ पार्टी आन्तरिक किचलोका कारण फुटेको छ ।

press, rppnअध्यक्ष गणेश शेरचन पक्षले उपाध्यक्ष सत्यमान तामाङ (लामा) र महामन्त्री श्यामप्रसाद तिमल्सिनालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको घोषणा गरेपछि यो पार्टी विभाजनको संघारमा पुगेको हो ।

कारवाहीमा परेका महामन्त्री तिमल्सिना र उपाध्यक्ष लामाले आजै राजधानीमा छुट्टै भेला बोलाएका छन् ।  यो भेलाबाट बेग्लै केन्द्रीय समिति गठन गर्ने उनीहरुको योजना छ । शेरचन पक्षले भने भेलालाई अबैध भन्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई सर्कुलर गरेका छन् ।

तिमल्सिना र लामाले राजतन्त्रको साटो गणतन्त्रको वकालत गर्न थालेकाले उनीहरुमाथि कारवाही गरिएको राप्रपा समानान्तरका महामन्त्री रामु राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमल थापा र लोकेन्द्रबहादुर चन्दले राजतन्त्र छाडेर गणतन्त्रलाई स्वीकार गरिसकेको बताउँदै महामन्त्री राईले अनलाइनखबरसँग भने, ‘उनीहरुसँग साँठगाँठ बढाउने र राजतन्त्रको लाइन छाड्ने काम गरेकाले उनीहरुलाई कारवाही गरिएको हो ।’

विगतमा कमल थापासँग राजतन्त्रकै विषयमा असहमति जनाउँदै तत्कालीन सहअध्यक्ष पदमसुन्दर लावतीले राप्रपा समानान्तर गठन गरेका थिए । लावतीको मृत्युभएपछि राप्रपा समानान्तरको नेतृत्व गणेश शेरचनले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment