Comments Add Comment

राष्ट्रिय चलचित्र पुरस्कार घोषणाः दयाहाङ र नम्रता उत्कृष्ट


Dayahang-and-Namrata

दयाहाङ राई र नमता रुेष्ठ उत्कृष्ट नभिनेता-अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको हो । जसमा अभिनेतामा कबर्डी कबर्डीबाट दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको छ ।

यस्तै पशुपतिप्रसाद उत्कृष्ट चलचित्र बनेको छ । सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल, छायांकनमा ड्रिम्सबाट संजय लामा र पुरुषोतम प्रधान र लेखनमा पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने पुरस्कृत हुने भएका छन् ।

निर्देशनमा पशुपतिप्रसादबाटै दिपेन्द्र के खनाल छनौट भएका छन् । आदिवासी चलचित्रतर्फ गुरुङ भाषाको इम्पो देउराली पुरस्कृत हुने भएको छ भने नव निर्देशकमा ड्रिम्सबाट भुवन केसी छनौट भएका छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड बसुन्धरा भुसाललाई दिइने घोषणा भएको छ । पुरस्कार अपराहृन ४ बजे राष्ट्रपति विद्या भण्डारीले हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment