+
+
Shares

नौ बुँदे सहमति कार्यान्वयन भएमात्र बजेट पारित: प्रभाकर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते १४:५३

१६ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारसँग भएका नौ बुँदे सहमति कार्यान्वयन नभए आगामी आर्थिक वर्षको बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।

Pravakar
फाइल तस्वीर

माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि प्रमुख सत्तारुढ नेकपा एमालेसँग नौ बुँदे सहमति गरेको भन्दै सहमति कार्यान्वयन नभए बजेट पारित गर्न नदिने बताए ।

एमाले र माओवादीबीच वैशाखको तेस्रो साता द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने लगायतका विषयमा ९ बुँदे सहमति भएको थियो । ति सहमतिहरु कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नहुने लिखित प्रस्ताव प्रभाकरले पार्टी संसदीय दलमा राखेका छन् ।

रिपोर्टस क्लबले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा माओवादी केन्द्रका नेता प्रभाकरले सहमति कार्यान्वयनका लागि सरकारले चासो नदिएको भन्दै यस विषयमा पार्टीभित्र गम्भिरतापूर्वक छलफल भइरहेको जानकारी दिए ।

उनले मधेसका मुद्दा सम्बोधन गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी अहिलेको सरकारले पूरा गर्न नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको पनि बताए ।

उनले जुन दलका नेताको नाममा सहमति हुन्छ त्यहि दलको नेतृत्वमा सहमतीय सरकार गठन गरिनुपर्ने बताए ।

माओवादी केन्द्रका नेता प्रभारकले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच भित्रभित्रै छलफल भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?