Comments Add Comment

इंग्ल्याण्डका पूर्व फुटबलरको कटाक्षः हामी मर्दबाट बच्चा भयौं

english-footballer

इंग्ल्याण्डका पूर्व फुटबलर जेमी क्यारागेरले यूरोकपबाट आफ्नो देशको टोली चाँडै बाहिरिएकोमा खेलाडीहरुमाथि कटाक्ष गरेका छन् । उनले हालका फुटबललरहरुले इंग्लिस फुटबललाई ‘मर्द’ बाट बच्चामा परिणत भएको आरोप लगाए ।

हारपछि प्रशिक्षक रोय होड्सनले तत्काल राजीनामा दिएका छन्, तर क्यारागेरको भनाईमा खेलाडीहरु पनि आफ्नो फितलो खेलका निम्ति उत्तिकै जिम्मेबार छन् ।

उनी भन्छन्, ‘इंग्ल्याण्डका खेलाडीहरु साह्रै नरम भए । शारीरिक र मानसिक दुवै रुपमा ।’

‘अर्को महत्वपूर्ण प्रतियोगितामा इंग्ल्याण्डको दुखद र लज्जास्पद बहिर्गमन भएको छ । जुनसुकै हारमा पनि खेलाडीहरुलाई निर्दोष देख्ने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने ।

क्यारागेरले इंग्ल्याण्डको टिम लगातार कमजोर बन्दै गइरहेको र दवावको समयमा सँधै लत्रिने गरेको पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment