Comments Add Comment

दलहरुलाई एकता प्रदर्शन गर्न सभामुख घर्तीको अपिल

पूर्वसभामुख रानाभाट भन्छन्- समानुपातिक प्रणाली घातक

Onsari-Gharti

१६ असार, काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलहरुलाई एकठाउँमा उँभिन अपिल गरेकी छन् । दलहरुबीच एकता नभएसम्म स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन हुन नसक्ने उनको भनाइ छ ।

पूर्व सांसद मञ्चले ५८ औं संसद दिवसका अवसरमा बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सभामुख घर्तीले दलहरुको एकताबिना संविधान कार्यान्वयन हुन नसक्ने चेतावनी दिइन् ।

‘संविधानको कार्यान्वयनका लागि दलहरुले संविधान जारी गर्दाताका जस्तै एकता प्रदर्शन गर्नुपर्छ,’ सभामुख घर्तीले भनिन् ।

संविधानको कार्यान्वयन दलहरुको साझा विषय भएकाले साझा विषयमा एकता र सहमति अनिवार्य हुने उनको भनाइ थियो ।

समानुपातिक प्रणाली घातकः रानाभाट

कार्यक्रममा पूर्व सांसद मञ्चका निवर्तमान अध्यक्ष एवं पूर्वसभामुख तारानाथ रानाभाटले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्वको व्यवस्था मुलुकका लागि घातक भएको बताए ।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले नेताहरुले खल्तीबाट नाम झिकेर सांसद बनाउने प्रवृत्ति मौलाउने र त्यसले संसदीय व्यवस्था नै विकृत हुने चेतावनी दिए ।

कार्यक्रममा रानाभाटले मञ्चका नवनिर्वाचित अध्यक्ष ओमकार श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका थिए ।

मञ्चको दुई दिने महाधिवेशनले नेपाली कांग्रेसका पूर्वसांसद श्रेष्ठको अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment