+
+
Shares

कैलालीको लम्कीमा अनियमित विद्युतले स्थानीय हैरान

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते १४:१८

१६ असार, लम्की । कैलालीको लम्की क्षेत्रमा अनियमित विद्युत आपूर्तिले जनजीबन प्रभावित भएको छ । स्थानीयले फशाखाको लापरबाहीका कारण विद्युत अनियमित भएको आरोप लगाएका छन् ।

Nepal-Electricity Authorityविद्युत प्राधिकरणले पूर्वजानकारी बिना विद्युत आपूर्ति बन्द गरिदिने र ग्राहकहरुले जानकारी लिन खोज्दा कर्मचारीहरुले फोनमा कुराकानी नगरिकन फोन उठाएर काटिदिने गरेको स्थानीयको गुनासो छ ।

बिद्युत छिनछिनमा आउने-जाने गर्नाले घरमा रहेका टिभी, फ्रि ज, पंखा, कम्प्युटर लगायतका विद्युतीय सामाग्री विग्रिने गरेको स्थानीय बताउँछन् । विद्युत अनियमित हुँदा रेडियो प्रसारण गर्न र पत्रपत्रिकाहरु प्रकाशनमा ल्याउनसमेत नसकिएको सञ्चालकहरुले गुनासो गरे ।

तर, लम्की शाखाका प्रमुख नन्द रोकायाले भने कर्मचारीको लापरवाहीका कारण नभइ ट्रान्सर्फमरमा खराबी आएकाले विद्युत आपूर्ति अनियमित भएको बताए । नयाँ ट्रान्सर्फमर जडानका लागि टेन्डर प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?